२०८२ भाद्र २४ गते
हिजो मिति २०८२ भाद्र २३ गते जेन-जी (Gen-Z) द्वारा आव्हान गरिएको शान्तिपूर्ण प्रदर्शनका क्रममा भड्किएको हिंसामा परी कलिला युवाहरूको हताहति भएको खबरले हामी स्तब्ध भएका छौं । नागरकिकको मानव अधिकार हनन् हुनेगरी भएको हिंसात्मक गतिविधिको भर्त्सना गर्दै निष्पक्ष अनुसन्धान गरी दोषीहरूलाई हदैसम्मको कडा कारवाहीको माग गर्दछौं । थप हिंसा भड्किन नदिन र समय सान्दर्भिकता अनुसार उचित संयमता र विवेक प्रयोगको लागि आव्हान गर्दछौं । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना तथा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।
हामी शान्ति र समृद्धिको पक्षमा छौं ।
सुरक्षित आप्रवासनको लागि राष्ट्रिय सञ्जाल
