सदस्यताको लागि आवेदन खुलाइएको सम्बन्धमा-२०८०/४/१

सदस्यताको लागि आवेदन खुलाइएको सम्बन्धमा

(मिति: २०८० श्रावण )

उपरोक्त सम्बन्धमा “सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालको नयाँ सदस्यता प्रदान र खारेज गर्ने सम्बन्धी निर्देशिका २०७५” को दफा ११ मा व्यवस्था भए बमोजिम यस सञ्जालको सदस्यता लिन चाहनुहुने संस्थाका लागि आवेदन खुलाइएको जानकारी गराइन्छ | आवेदन २०८० श्रावण ३२ गते भित्र बुझाइसक्नु पर्नेछ |

 सञ्जालको सदस्य बन्ने योग्यता

(१) सञ्जालको विधानको धारा ७ (क) बमोजिम आप्रवासनको क्षेत्रमा कामगर्न देहायको उद्देश्य राखि जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका गैर सरकारी संस्थाहरू सञ्जालका सदस्य बन्न सक्नेछन् ।

 क. जनचेतना जगाउने

 ख. महिला अधिकारको रक्षा गर्ने

 ग. आप्रवासनका विषयमा अनुसन्धान गर्ने

 घ. पुनर्स्थापनाका लागि काम गर्ने

 ङ. आप्रवासन र जनस्वास्थ्यका विषयमा कार्य गर्ने

 च. कानूनी सहायता उपलब्ध गराउने

 छ. मानव बेचबिखन र मानव तस्करीविरुद्ध कार्य गर्ने

(२) माथि उल्लेखित उद्देश्य नभएपनि आप्रवासनका क्षेत्रमा १ वर्ष देखि काम गरिरहेको गैर सरकारी संस्था

आवेदनकासाथ पेश गर्नुपर्ने कागजात (कागजातका प्रतिलिपि नोटरी पब्लिकबाट प्रमाणित भएको हुनुपर्नेछ | )

(१) क) सञ्जालको सदस्य बन्ने योग्यता अन्तर्गत माथि उल्लेखित (क) देखि (छ) बमोजिमको उद्देश्य देखिने विधानको प्रमाणित प्रतिलिपि

ख) संस्था दर्ताको नवीकृत प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

ग) संस्थाको कार्यसमिति चयनभएको देखिने साधारण सभाको माइन्यूटको प्रमाणित प्रतिलिपि

घ) समाज कल्याण परिषदमा आवद्धता भएको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि

ङ) स्थाई लेखा नं. प्रमाण पत्रको प्रमाणित प्रतिलिपि

च) नाफा रहित देखिने संस्थाको विधानको प्रमाणित प्रतिलिपि

छ) सञ्जालको सदस्यता लिनको लागि कार्यसमितिको निर्णय

ज) आवेदन दिँदाका बखत सञ्जालको सदस्यता बहाल रहेका दुई साधारण सदस्य संस्थाले सञ्जालको सदस्यता दिलाउनका लागि सिफारिस गरेको पत्र

(२) सञ्जालको सदस्य बन्ने योग्यता अन्तर्गत बुँदा (२) आधारमा सदस्यता प्राप्तगर्न चाहने संस्थाले आवेदनसाथ देहायबमोजिमको कागजात पेश गर्नुपर्नेछ । (कागजातका प्रतिलिपि नोटरी पब्लिकबाट प्रमाणित भएको हुनुपर्नेछ | )

क) मानव अधिकारको रक्षाको उद्देश्यलिई कम्तीमा एक वर्ष अघिदेखि आप्रवासीहरूको हकअधिकारको क्षेत्रमा काम गरेको देखिने कागजात वा लेखा परीक्षकको प्रतिवेदन वा वार्षिक प्रगति प्रतिवेदनको प्रमाणित प्रतिलिपि

ख) संस्था दर्ताको नवीकृत प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

ग) संस्थाको कार्यसमिति चयनभएको देखिने साधारण सभाको माइन्यूटको प्रमाणित प्रतिलिपि

घ) आवेदन दिँदाका बखत सञ्जालको सदस्यता बहाल रहेका दुई सदस्य संस्थाले सञ्जालको सदस्यता दिलाउनका लागि सिफारिस गरेको पत्र ।

ङ) स्थाई लेखा नं. प्रमाण पत्रको प्रमाणित प्रतिलिपि

च) नाफा रहित देखिने संस्थाको विधानको प्रमाणित प्रतिलिपि

(थप जानकारीका लागि NNSM सचिवालयको मोबाइल नं. ९८६९८०५५५५ मा सम्पर्क राख्न सक्नुहुनेछ |)